ओरियन्टल होटल्सले लाभांस नदिने, साधारण सभा आह्वान

0
Shares

ओरियन्टल होटल्स लिमिटेडले गत आर्थिक वर्षको कमाईबाट लाभांस वितरण नगर्ने भएको छ ।

कम्पनीले असोज १३ गते राष्ट्रिय सभा गृहमा साधारणसभा आह्वान गरेको छ।

सभामा भर्चुअल माध्यमबाट समेत सहभागी हुन सकिने कम्पनीले जनाएको छ।

कम्पनीको साधारण सभामा गत आर्थि वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पारित गर्ने, नाफा नोक्सान हिसाव एवं वार्षिक आर्थिक विवरणसँग सम्बद्ध वित्तीय विवरण पारित गर्ने, लेखापरिक्षकको नियुक्ति लगायतका प्रस्ताव राखेको छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि भदौ ३१ गतेदेखि असोज १३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। भदौ ३० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन पाउने छन।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० भाद्र २०७९, सोमबार  ०८ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।