
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीले गत आव २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गरेको चुक्ता पुँजीको ९.५० प्रतिशत बराबरको ११ लाख ३८ हजार ९४५ दशमलव ५० कित्ता बोनस सोमबार नेप्सेमा सूचीकृत भएको हो ।
सोमबार नेप्सेमा सूचीकृत उक्त बोनस सेयर साधारण सभाका लागि बुकक्लोज भएको मितिभन्दा अघिल्लो कारोबार दिनसम्म कायम सेयरधनीले डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सक्नेछन् ।
कम्पनीले आर्थिक वर्ष २०७७।७८ सम्मको मुनाफाबाट कुल १० प्रतिशत लाभांश वितरण गरेको हो । कम्पनीले १ अर्ब १९ करोड ८८ लाख ९० हजार चुक्ता पुँजीको आधारमा ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५० प्रतिशत नगद लाभांश वितरण गरेको हो ।
कम्पनीले लाभांश प्रयोजनका लागि २०७९ असार १५ गते एक दिन बुक कलोज गरेको थियो । बुक क्लोजको आधारमा असार १४ गतेसम्म कायम सेयरधनीहरूले मात्र कम्पनीको बोनस सेयर प्राप्त गर्नेछन् ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया