एशियन लाइफ इन्स्योरेन्सको लाभांश बीमा समितिबाट स्वीकृत

0
Shares

एशियन लाइफ इन्स्योरेन्स लिमिटड (ALICL) को प्रस्तावित लाभांश स्वीकृत भएको छ ।

कम्पनीले साउन २० गते प्रस्ताव गरेर स्वीकृतिका लागि बीमा समितिमा पठाएकोमा समितिबाट भदौ २० गते वित्तीय विवरण र लाभांश प्रस्ताव स्वीकृत भएको कम्पनीले जनाएको छ ।

कम्पनीको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले आव २०७७।७८ को सञ्चित नाफाबाट चुक्ता पुँजीको १४.५० प्रतिशत (३६ करोड ८२ लाख ७६ हजार ७५ रुपैयाँ बराबरको) बोनस सेयर र कर प्रयोजनको लागि ०.७६ प्रतिशत (१ करोड ९३ लाख ८२ हजार ९५१ रुपैयाँ) नगद गरी कुल १५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरी स्वीकृतिका लागि नियामक निकाय बीमा समिति समक्ष पेश गरेको थियो ।

बीमा समितिले मंगलबार लाभांश स्वीकृत गरेसँगै साधारण सभा आह्वान गर्न बाटो खुलेको छ । अब कम्पनीले केही दिनभित्रै सभा बोलाउनेछ । प्रस्तावित लाभांश कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण हुनेछ ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ५३ करोड ९८ लाख ३५ हजार रुपैयाँ रहेको छ । प्रस्तावित लाभांश स्वीकृत भएपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड ८१ लाख ११ हजार ७५ रुपैयाँ पुग्नेछ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २२ भाद्र २०७९, बुधबार  १० : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।