
नबिल बैंक र युनिलिभर नेपाल च्यानेल फाईनानसिङ सुविधाका लागि सहकार्य भएको छ ।
सम्झौतामा नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना र युनिलिभर नेपालका तर्फबाट प्रबन्धक निदेशक अमलान मुखरजीले हस्ताक्षर गरेका छन् ।
युनिलिभर नेपालले आफ्ना तीन जना वितरकहरुलाई च्यानेल फाईनानसिङ सुविधाका लागि सिफारिस पत्रमा पनि हस्तान्तरण गरेको छ।
सम्झौता अनुसार युनिलिभर नेपालसँग आबद्ध व्यवसायीहरुले च्यानल पार्टनर को रुपमा थप व्यवसाय विस्तार गर्न चालु पुँजीमा लगानी गर्ने उद्देश्यका लागि आर्कषक व्याजदर र धितो अनुपातमा नबिल बैंकका देशैभरि फैलिएका शाखा सञ्जालहरुबाट च्यानेल फाईनानसिङ कर्जा उपभोग गर्न पाउने छन् ।
च्यानेल फाईनानसिङका प्रमुख आर्कषण अन्तर्गतच्यानल प्रिसिन्पलले आफ्ना वितरक, डिलर, रिटेलरहरुलाई सामान बिक्री गरेको बिल बराबरको पुरा रकम भुक्तानी हुने कर्जा सुविधा उपलब्ध हुने बैंकले जनाएको छ । साथै व्यवसायीहरु को लागि व्यवसाय विस्तार गर्न अन्य एसएमई. कर्जा पनि उपलब्ध हुने बैंकले उल्लेख गरेको छ ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकसँग आबद्ध व्यवसायीहरुलाई चालु पुँजीमा लगानी गर्ने उद्देश्यका लागि सरल र सहज तरिकाका साथ च्यानेल फाईनानसिङ सुविधाका साथै अन्य एसएमई कर्जाहरु पनि उपलब्ध गराउने जानकारी गराए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया