सुन तोलाको ९३ हजार ८०० मा कारोबार हुँदै, चाँदी २५ रुपैयाँले बढ्यो

0
Shares

सुनको मूल्य बिहीबार नेपाली बजारमा तोलामा ८०० रुपैयाँ र चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य ९३ हजार ८०० रुपैयाँ, तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ प्रतितोला १ हजार १३५ रुपैयाँ पुगेको छ ।

अघिल्लो कारोबार दिन बुधबार एक हजार रुपैयाँले घटेर छापावाल सुन ९३ हजार रुपैयाँ, तेजावी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ र चाँदी प्रतितोला १५ रुपैयाँ घटेर १ हजार ११० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७१७ डलर तथा चाँदी प्रतिऔंस १८.५७ डलर हाराहारीमा कारोबार भैरहेका छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा महासङ्घले स्थानीय बजारमा दैनिक कारोबार हुने सुनचाँदीको मूल्य तोक्ने गरेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २३ भाद्र २०७९, बिहिबार  १४ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।