लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएको छ ।
कम्पनीको चुक्ता पुँजीको ९.५० प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएको हो । इन्स्योरेन्सले असार १४ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस जम्मा गरिएको हो ।
कम्पनीले हालसम्म डिम्याट नगरेका सेयरधनीहरुलाई डिम्याट खातामा बोनस पाउन कागजी सेयर अभौतिकिकरण गर्न अनुरोध गरेको छ ।
लुम्बिनी जनरलको असार २९ गते सम्पन्न साधारण सभाबाट आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ९.५० प्रतिशत बोनस सेयर र कर तिर्न ०.४८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया