सेयर बजार यो साता १.६७ प्रतिशत अर्थात ३२.८८ अंकले घटेको छ । आइतबार १९७०.६२ बिन्दुमा खुला भएको नेप्से अन्तिम दिन बिहीबार १९३७.७४ बिन्दुमा बन्द भएको हो ।
नेप्सेसँगै यस साता कुल बजार पुँजीकरण समेत घटेको छ । यस साता कुल बजार पूँजीकरण २७ खर्ब ७९ अर्ब रुपैयाँमा सीमित भएको छ । गत साता २८ खर्ब २६ अर्ब रुपैयाँ रहेको कुल बजार पूँजीकरण ४७ अर्ब रुपैयाँले घटेको हो ।
यो साता कारोबार रकम पनि घटेको छ । सातामा पाँच कारोबार दिन सेयर खरिद बिक्री भएकोमा औसतमा १ अर्ब १ करोडको हिसाबले ५ अर्ब ५ करोडको सेयर कारोबार भयो । गत साता दैनिक औसतमा १ अर्ब २६ करोडको सेयर खरिद बिक्री भएको थियो । समीक्षा अवधिमा दैनिक औसत कारोबार रकम १९.८९ प्रतिशत घटेको हो ।
यो साता ५ अर्ब ४ करोड बढीको १ करोड ४८ लाख ७६ हजार १४६ कित्ता धितोपत्र खरीद बिक्री भएको छ । गत साता ६ कारोबार दिन सेयर कारोबार हुँदा ७ अर्ब ५५ करोडभन्दा बढीको २ करोड १२ लाख ५३ हजार ७७८ कित्ता धितोपत्र खरीद बिक्री भएको थियो । गत साताको तुलनामा यो साता २ अर्ब ५१ करोड बढीको ६३ लाख ७७ हजार ६३२ कित्ता कम धितोपत्र खरीद बिक्री भएको हो ।
यो साता पनि १३ वटै उपसमूहगत सूचक घटेका छन् । व्यापार सर्वाधिक ४.९७ प्रतिशत घट्दा निर्जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा कम ०.४७ प्रतिशत घट्यो ।अन्य ४.९६, लगानी २.९१, जलविद्युत १.७६, फाइनान्स १.४४, लघुवित्त १.३९, बैंकिङ्ग १.२१, लाइफ इन्स्योरेन्स १.११, होटल तथा पर्यटनमुलक १.१० प्रतिशत घटेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया