सर्लाहीको मलंगवा नगरपालिका–८, स्थित नेपाल–भारत सीमा क्षेत्रबाट स्रोत नखुलेको नगद १५ लाख १६ हजार रुपैयाँसहित दुईजना पक्राउ गरेका छन् ।
बाँकेको कोहलपुर नगरपालिका–६ घर भई काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बस्दै आएका ३५ वर्षीय जनकराज हमालसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरू नेपालबाट भारततर्फ जाँदै गरेको बा९८प ७१५८ नम्बरको मोटरसाइकलमा सवार थिए ।
जिल्ला प्रहरी कार्यालय सर्लाही र सशस्त्र प्रहरी बलसहितको टोलीले जाँच गर्ने क्रममा उक्त नगदसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया