नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार पौने ७५ करोडमा खुम्चियो

0
Shares

 

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार दोहोरो अंकले ओरालो लागेको छ । बजार ओरालो लाग्नेक्रम नरोकिएपछि सेयर खरिद बिक्री सुस्ताउँदा कारोबार रकम समेत पौने ७५ करोडमा सिमित भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से परिसूचक ११.४७ अंकले ओरालो लागेर १ हजार ९२६ दशमलव २८ विन्दुमा झरेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.०६ अङ्कले ओरालो लागेर ३७४ दशमलव ७८ मा सीमित भएको छ ।

कूल २२१ कम्पनीको २५ लाख २४ हजार २२४ कित्ता सेयर ७४ करोड ७२ लाख २६ हजार ६२५ रुपैयाँ बराबरमा किनबेच भएको छ । कारोबार रकम गत बिहीबारको तुलनामा ३० करोड कम हो । गत विहीबार १ अर्ब ४ करोड ४३ लाख ७९ हजार बराबरको सेयर किनबेच भएको थियो । कारोबार भएका १३ उपसमूह मध्ये आज अन्य बाहेक सबै उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन एभरेष्ट इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन करिब ४ करोडको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन नबिल बैंकको ३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

यसदिन मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ४.५६ प्रतिशत बढेको छ। त्यसैगरी, सामुदायिक लघुवित्तको शेयरमूल्य करिब ४ प्रतिशत बढेको छ भने दोर्दी खोला जलविद्युत कम्पनीको शेयरमूल्य २ प्रतिशतभन्दा बढी बढेको छ।

सानिमा लार्ज क्याप फण्डको इकाईमूल्य र छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य यस दिन ५ प्रतिशतभन्दा बढी घटेको छ भने नारायणी डेभलपमेन्ट बैंक, घलेम्दी हाइड्रो र आशा लघुवित्तको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।

 

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २६ भाद्र २०७९, आइतबार  १५ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।