समृद्धि फाइनान्सको सातौं शाखा बनेपामा

0
Shares

समृद्धि फाइनान्सले आफ्नो सातौं शाखा बनेपामा विस्तार गरेको छ ।

उक्त शाखाको बनेपा नगरपालिकाका मेयर शान्ती रत्न शाक्यले उद्घाटन गरेका हुन ।

उक्त कार्यक्रममा बनेपा उ.वा. संघका उपाध्यक्ष कैलाश पलान्चोके , बनेपा न.पा. वार्ड नं ८ का वार्ड अध्यक्ष शुभलक्ष्मी मानन्धर सहित लब्धप्रतिष्ठीत व्यक्तित्वको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले चाँडै नै आठौ शाखाको रुपमा जनकपुर शाखाको पनि उदघाटन गरिने जानकारी दिए। समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तरगत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ ।

यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि संचालनमा ल्याएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २७ भाद्र २०७९, सोमबार  ११ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।