सुनको मूल्य साेमबार घट्यो, चाँदी स्थीर

0
Shares

सुनको मूल्य सोमबार स्थानीय बजारमा ताेलामा ३०० रुपैयाँ घट्दा चाँदीको मूल्य भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६०० रुपैयाँ, तेजावी सुनको मूल्य ९३ हजार १०० रूपैयाँ तोकिएको छ ।

यस्तै चाँदी सोमबार तोलाको १ हजार १५० रूपैयाँमा कारोबार भैरहेको छ ।

आइतबार मूल्य स्थीर रहँदै छापावाल सुन प्रतितोला ९३ हजार ९०० रूपैयाँ, तेजावी सुन ९३ हजार ४०० रूपैयाँ र चाँदी तोलाको १ हजार १५० रूपैयाँमा कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७१३ डलर तथा चाँदी प्रतिऔंस १८.९८ डलर हाराहारीमा कारोबार भैरहेका छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा महासङ्घले स्थानीय बजारमा दैनिक कारोबार हुने सुनचाँदीको मूल्य तोक्ने गरेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २७ भाद्र २०७९, सोमबार  ११ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।