राजस्व कार्यालयका कम्प्युटर अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय महाराजगन्जमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

अख्तियारले सेवाग्राहीसँग घुस लिएको आरोपमा सोमवार उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।

कम्प्युटर अधिकृत प्रधानले गत साउन १८ गते सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारले पक्राउ गरेको थियो ।

प्रधानविरुद्ध ३० हजार रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा आरोप पत्र दर्ता गरेको अख्तियारले जानकारी दिएको छ ।

अनुसन्धानको क्रममा प्रधानले कम्प्युटर बिलिङ स्वीकृत गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: २७ भाद्र २०७९, सोमबार  १४ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।