
चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना अर्थात साउनमा सञ्चालनमा रहेका २६ वाणिज्य बैंकहरुले ८ अर्ब ७२ करोड १७ लाख १६ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार साउनमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा बढी ७५ करोड २१ लख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन बैंकिङ्ग सेक्टरको नाफाको ८.६२ प्रतिशत हिस्सा हुन आउँछ ।
साउन महिनामा दोस्रो ठूला नाफा कमाएको ग्लोबल आइएमई बैंकले ६७ करोड ३३ लाख रुपैयाँ खुद नाफा गरेको छ । साउन मसान्तसम्मा नबिल बैंकले ४९ करोड ७२ लाख, एनआईसी एशिया बैंकले ४७ करोड ६३ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले ४२ करोड १ लाख, प्राइम बैंकले ३९ करोड ५४ लाख, प्रभु बैंक ३७ करोड ६१ लख, सिद्धार्थ बैंकले ३७ करोड ५७ लाख, एनएमबि बैंकले ३६ करोड ७ लाख, एभरेष्ट बैंक ३५ करोड ९५ लाख, नेपाल बैंक ३५ करोड ७५ लाख र हिमालयन बैंकले ३१ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
साउनमा बाँकी १४ वाणिज्य बैंकले ३० करोडभन्दा कम नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार कुमारी बैंकले २९ करोड २७ लाख, सानिमा बैंकले २८ करोड ६० लाख, स्ट्याण्डर्ड चार्टड बैंकले २७ करोड ९० लाख, मेगा बैंकले २७ करोड ८६ लाख, एनसीसी बैंकले २६ करोड ९२ लाख, कृषि विकास बैंकले २६ करोड ८२ लाख, माछापुच्छ्र बैंकले २५ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
त्यसैगरी सिटिजन्स बैंक बैंकले २४ करोड ९४ लाख, सनराइज बैंकले २४ करोड ३५ लाख, लक्ष्मी बैंकले २३ करोड ४७ लाख, लक्ष्मी बैंकले २३ करोड ४७ लाख, नेपाल एसबिआई बैंकले १९ करोड ५१ लाख, सिभिल बैंकले १७ करोड ७७ लाख र सेञ्चुरी बैंकले १७ करोड ३६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
साउनमा सबैभन्दा थोरै नाफा गर्नेमा बैंक अफ काठमाण्डू रहेको छ । सो बैंकले एक महिना अवधिसम्ममा १६ करोड ३० लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको छ ।
| Commercial Bank Profit in Shrawan 2079 in Lakh | ||
| S.N. | Bank | Profit |
| 1 | RBB | 7521.00 |
| 2 | GBIME | 6733.10 |
| 3 | NABIL | 4972.76 |
| 4 | NICA | 4763.70 |
| 5 | NIBL | 4201.10 |
| 6 | PCBL | 3954.00 |
| 7 | PRVU | 3761.70 |
| 8 | SBL | 3757.70 |
| 9 | NMB | 3607.60 |
| 10 | EBL | 3595.40 |
| 11 | NBL | 3575.70 |
| 12 | HBL | 3118.70 |
| 13 | KBL | 2927.80 |
| 14 | SANIMA | 2860.20 |
| 15 | SCB | 2790.10 |
| 16 | MEGA | 2786.20 |
| 17 | NCC | 2692.60 |
| 18 | ADBL | 2682.80 |
| 19 | MBL | 2542.60 |
| 20 | CZBIL | 2494.10 |
| 21 | SRBL | 2435.10 |
| 22 | LBL | 2347.50 |
| 23 | SBI | 1951.50 |
| 24 | CBL | 1777.40 |
| 25 | CCBL | 1736.20 |
| 26 | BOK | 1630.60 |
| Total | 87217.16 | |
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया