नेप्सेमा हरियाली छाँउदा लगानीकर्ता उत्साहित, नबिलको उच्च कारोबार

0
Shares

पछिल्लो ६ दिन लगातर घटेको सेयर बजारमा सातौ दिन भने हरियाली छाँउदा कारोबार रकममा समेत सुधार आएको छ । मंगलबार नेप्से सूचक २१ अंकले बढ्दा ९२ करोड बढीको सेयर किनबेच भएको छ ।

मंगलबार नेप्से सूचक २१.३० अंकले बढेर १९३४.०४ विन्दुमा पुगेको छ । यसदिन अघिल्लो दिनको भन्दा ११ करोढ बढीको सेयर किनबेच भएको छ । मंगलबार ३१ लाख ४६ हजार ९९६ कित्ता शेयर ९२ करोड २५ लाख ७४ हजार ४०९ रुपैयाँमा कारोबार किनबेच भयो । सोमबार ८१ करोड रुपैयाँको कारोबार भएको थियो।

मंगलबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएको छ। जसमा फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै २.१३ प्रतिशतले बढेको छ।

 यसदिन बैंकिङ समूहको १०.९१, विकास बैंक ६०.०३, वित्त कम्पनी ३४.११, जलविद्युत २०.७८, जीवन बीमा ९६.२२, उत्पादन तथा प्रशोधन ९०.६५, माइक्रोफाइनान्स ५३.५८, निर्जीबन बीमा समूहको उपसूचक ५८.७७ अंकले बढेको छ ।

बजारमा हरियाली छाउँदा बोटलर्स नेपाल (बालाजु) को सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपालको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । यस्तै मैलुङ खोला जलविद्युतको ७.७६ प्रतिशत, युनिभर्सल पावरको ४.६७ प्रतिशत र रिभर फल्स पावरको ४.२४ प्रतिशतले बढेको छ।

सामुदायीक लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै २.१० प्रतिशतले घटेको छ भने युनाइटेड इदी मर्दी हाइड्रोपावरको १.६२ प्रतिशत, सामलिङ्ग पावरको १.१० प्रतिशत र मनकामना स्मार्ट लघुवित्तको ०.९८ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा नबिल बैंक अग्रस्थानमा रहेको छ । बैंकको ५ करोड ९४ लाख ८९ हजार २४५ रुपैयाँको सेयर किनबेच भएको छ ।

यस्तै दोस्रो र तेस्रो स्थानमा रिडी हाईड्रोपावर र हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेका छन् । रिडि पावरको ५ करोड ६३ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३ करोड ८४ लाख र अरुण कावेली हाइड्रोपावरको ३ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

 

प्रकाशित मिति: २८ भाद्र २०७९, मंगलबार  १५ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।