नौ बुँदे घोषणा पत्र जारी गर्दै काठमाडौंमा जारी दोस्रो नेपाल युवा उद्ममशीलता सिखर सम्मेलन २०२२ सम्पन्न भएको छ ।
युवा उद्ममशीलता प्रवद्र्धनका लागि स्टार्टअप निति ल्याउनुपर्ने र युवाहरुको नवप्र्रतनीय सोच माथी लगानी गर्न छुट्टै आइडिया बैंक स्थापना गर्नुपर्ने माग सहित दोस्रो नेपाल युवा उद्ममशीलता सिखर सम्मेलन २०२२ आयोजना भएको थियो ।
सम्मेलनले स्टार्टअप इकोसिस्टम निमार्णमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने, नेपाली उत्पादन र सोचलाई संघीय, प्रदेश र स्थानीय तिनवटै सरकारले प्राथमिकता दिनुपर्ने सुझाव दिएको छ ।
यस्तै स्टार्टअपका लागि परियोजना धितो राखेर लोन दिने ब्यवस्था गर्नुपर्ने र यसको प्रक्रिया सर्वसुलभ र झन्झटरहित हुनुपर्ने निष्कर्ष निकालेको छ । सरकारले दिने सहुलियतपुर्ण कर्जा सहि ठाँउमा जानुपर्ने सुझाव पनि दिएको छ ।
सम्मेलन मुल आयोजक समितिका संयोजक विशाल गैरेले बैंक, बित्तिय संस्था, प्राइभेट इक्विटी, भेञ्चर क्यापिटल र बिभिन्न प्राइभेटमार्फत नेपालमा युवा उद्ममशीलता प्रवद्र्धन हुदै गएको सन्र्दभ उल्लेख गदैं आगामी दिन नेपालको युवा उद्ममका लागि सकारात्मक रहेको निष्कर्ष समेत निकालेको जानकारी दिए ।
युवाहरुको नवीन ज्ञान, सोच, सीप वा प्रविधिको प्रयोग गरेर युवाहरुले पनि बजारको सम्भाब्यता अध्ययन गरेर नयाँ आइडिया ल्याउनुपर्र्ने सम्मेलनको निष्कर्ष रहेको छ ।
सम्मेलनमा ५५ जिल्लाका युवा उद्ममी र युवा उद्ममी बन्न चाहने करिव ४०० युवाहरुको सहभागीता रहेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया