सामुहिक लगानी कोष योजना सनराइज फर्स्ट म्युचुअल फण्डको इकाईमूल्य समायोजन भएको छ ।
फण्डले गत आवबाट वितरण गर्न प्रस्ताव गरेको १२ प्रतिशत नगद लाभांशको बुकक्लोजसँगै भदौ २९ गते बुधबार फण्डको इकाईमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको हो ।
नेप्सेले १२ प्रतिशत नगद लाभांश समायोजनपछि फण्डको समायोजित इकाईमूल्य १०.३० रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन मंगलबार कारोबार भएको अन्तिम मूल्य ११.५० रुपैयाँका आधारमा मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ ।
यससँगै बुधबार फण्डको इकाई समायोपजत मूल्यलाई आधार मानेर खुल्नेछ । मंगलबारसम्म नेप्सेमा इकाईधनी खरिद गरेकाले मात्र प्रस्तावित १२ प्रतिशत नगद लाभांश पाउनेछन् ।
सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डको योजना व्यवस्थापक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।










प्रतिक्रिया