आशा लघुवित्तको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

0
Shares

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी असोज ४ गतेदेखि संस्थापक तर्फको ३ लाख कित्ता सेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले न्यूनतम मूल्य ३९५ रुपैयाँ तोकेर असोज १२ गतेसम्म सो सेयर बिक्री खुला गर्न लागेको हो । इच्छुक योग्य व्यक्ति तथा संस्थाहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

बोलपत्र पेश गर्दा न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने छ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र असोज १३ गते बिहीबार बिहान ११ बजे खोलिने बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ भाद्र २०७९, बुधबार  १० : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।