
छापावाल सुनको भाउ बुधबार नेपाली बजारमा ९२ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ । यस्तै आज तेजावी सुनको भाउ प्रतितोला ९२ हजार ३०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार १७५ रुपेयाँ तोकिएको हो ।
नेपालमा सुनचाँदीको भाउ निर्धारण गर्दै आएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ तोलामा७०० रुपैयाँ र चाँदी १० रुपैयाँले घटेको हो ।
मंगलबार सुनको भाउ १०० रुपैयाँले घटेर छापावाल ९३ हजार ५०० रुपैयाँ तथा तेजावी सुन ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदी तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७०४ डलर तथा चाँदी प्रतिऔंस १९.३३ डलर हाराहारीमा कारोबार भैरहेका छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा महासङ्घले स्थानीय बजारमा दैनिक (आइतबारदेखि शुक्रबारसम्म) कारोबार हुने सुनचाँदीको मूल्य तोक्ने गरेको छ ।










प्रतिक्रिया