
बैंकहरुले आगामी महिनाबाट बैंक ब्याजदर बढाउने भएपछि सेयर बजारमा त्यसको नकारात्मक असर परेको छ ।
बैंकरहरुले निक्षेपमा दिने ब्याजदरको भद्र सहमतिलाई खुला छोड्न नयाँ भद्र सहमति गरेपछि बिहीबार नेप्से सूचक ५७ अंकले ओरालो लागेको छ । अघिल्लो दिन नेप्से सूचक ४७.४४ अंकले बढेको थियो ।
बिहीबार बैंकरहरुको छाता संगठन नेपाल बैंकर्स संघले निक्षेपमा ११.०३ प्रतिशत भन्दा धेरै ब्याजदर नदिने यसअघिको भद्र सहमतीलाई खुला छोड्ने निर्णय गरेको थियो । बैंकहरुले निक्षेपमा ब्याजदर बढाउने भएपछि सेयर बजार ओरालो लागेको हो।
भद्रा सहमति खारेज भएसँगै बैंकहरु ब्याजदर बढाउने पक्षमा देखिएका छन्। । बैंकहरुले अघिल्लो महिनाको औसतको १० प्रतिशतका दरले ब्याजदर बढाउन पाउनेछन । जस अनुसार बैंकहरुले असोज महिनका लागि निक्षेपमा अधिकतम १२.१३ प्रतिशत ब्याज दिन पाउनेछन ।
बैंकहरुले अहिले साधारण मुद्दतिमा ११.०३ प्रतिशत, रेमिटेन्स बचतमा १२.०३ प्रतिशत तथा संस्थागतको अधिकतम १०.५३ प्रतिशत ब्याज दिइरहेका छन।
बिहीबार नेप्से सूचक ५७ अंकले घटेर १९२४.४८ अंकमा झरेको छ । नेप्से सूचक आरोलो लागेपनि कारोबार रकममा भने सुधार आएको छ । यसदिन २३२ कम्पनीको ६९ लाख ४० हजार ५९६ कित्ता सेयर २ अर्ब १२ करोड ५६ लाख ५५ हजार रुपैयाँ बराबरमा किनबेच भएको छ । बुधबार २२७ कम्पनीका ४६ लाख १८ हजार ५१६ कित्ता सेयर ३१ हजार २३ वटा संख्यामा खरिद बिक्री हुँदा कारोबार रकम १ अर्ब ४५ करोड ३८ लाख २४ हजार राबरमा किनबेच भएको थियो ।
यसदिन कारोबारमा आएका सबै समूह ओरालो लागेका छन ।
यस दिन सिटिजन्स म्युचुअल फण्ड २ को इकाईमूल्य सर्वाधिक ४.१२ प्रतिशत बढेको छ। त्यसैगरी, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब ४ प्रतिशत बढेको छ। एनआइसी एसिया फ्लेक्सी क्याप फण्डको सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा लक्ष्मी बैंकको सबैभन्दा बढी २१ करोड ५० लाख भन्दा बढीको कारोबार भएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया