प्रभु क्यापिटलले आज १४ औं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७८/७९ को नाफाबाट प्रस्तावित चुक्ता पुँजीको ९ प्रतिशत लाभांश अनुमोदन गर्दैछ ।
अघिल्लो आव २०७७/७८ बाट २२.३८८५ प्रतिशत बोनस र १७.६१ प्रतिशत नगद गरी कुल ४० प्रतिशत लाभांश वितरण गरेको क्यापिटलले गत आवबाट भने ९ प्रतिशत मात्र नगद अनुमोदन गर्दैछ ।
लाभांश पारित गर्न प्रभु क्यापिटलले होटल एल्फट, छाँया सेन्टर ठमेल काठमाडौमा दिउँसो १२ः३० बजे आह्वान गरेको छ ।
गत वर्षको नाफाबाट प्रस्तावित लाभांशका अलावा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण लगायतका प्रस्तावहरु उपर छलफल गरी पाारित गर्ने एजेण्डा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया