कुमारी बैंकको तीन अर्बको ऋणपत्र भर्ने आज अन्तिम, वार्षिक ११% ब्याज पाइने

0
Shares

कुमारी बैंकले निष्कासन गरेको ऋणपत्रमा आवेदन दिने आज (भदौ ३१ गते) अन्तिम दिन हो ।

लगानीकर्ताहरुले ऋणपत्रमा धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि–आश्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बैंकले भदौ १७ गतेदेखि एक हजार रुपैयाँ अंकित दरको ३ अर्ब मूल्यको ३० लाख कित्ता ‘११ प्रतिशत केबिएल डिबेन्चर २०८९’ निष्कासन गरेको थियो । १० वर्षे अवधि रहेको उक्त ऋणपका लगानीकर्ताले वार्षिक ११ प्रतिशत व्याजदर पाउनेछन् ।

उक्त ३ अर्ब बराबरको ऋणपत्र मध्ये १८ लाख कित्ता अर्थात एक अर्ब ८० करोड बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने तथा १२ लाख कित्ता अर्थात एक अर्ब २० करोड बराबरको ऋणपत्र सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशन बाट बिक्री गरिएको छ ।

सर्वसाधारणका लागि निष्काशन गरिने १२ लाख कित्ता ऋणपत्र मध्ये सामुहिक लगानी कोषलाई छुट्ट्याएको ५५ अर्थात् ६० हजार कित्ता ऋणपत्रको लागि ३ वटा सामुहिक लगानी कोषबाट कूल ९५ हजार कित्ताको लागि आवेदन प्राप्त भएको हुँदा सो लाई समानुपातिक आधारमा बाँडफाँड गरिएको बैंकले जनाएको छ ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई मध्यम कर्जा जोखिम जनाउने इक्रा एनपी इस्यूअर रेटिङ्ग त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व समयमा नै पूरा गर्न सक्ने तथा कर्जा जोखिम मध्यम भएको संस्था जनाउँछ ।

बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १९१ एटिएम, ४९ शाखारहित बैंकिङ्ग ईकाई तथा २६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएको छ । बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता जनाएको छ ।

ऋणपत्र निष्काशनको लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: ३१ भाद्र २०७९, शुक्रबार  ११ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।