आइएमई लाइफ इन्स्योरेन्सले असोज २६ गते बिहान ११ बजे लैनचौर बैङक्वेट्स, लैनचौरमा पाँचौं वार्षिक साधारण सभा बोलाएको छ ।
भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद र आईपीओ जारी गर्ने मुख्य प्रस्ताव सहित सभा बोलाएको हो ।
आइएमई लाइफ इन्स्योरेन्सले पुँजी वृद्धि गर्न संस्थापक सेयरधनीलाई हकप्रद जारी गरेर हाल कायम चुक्ता पुँजीमा शत–प्रतिशत रकम थप्ने भएको छ । पाँचौं वार्षिक साधारण सभा पूँजी थप्ने विषेश प्रस्ताव रहेको छ ।
बीमा समितिले २०७९ चैत मसान्तभित्र जीवन बीमा कम्पनीहरुलाई न्यूनतम ५ अर्ब चुक्ता पुँजी कायम गर्न भनेको छ । निर्देशन अनुसार कम्पनीले आगामी चैत मसान्तभित्र ५ अर्ब रुपैयाँ चुक्ता पुँजी कायम गर्नुपर्नेछ । सोही अनुसार सभाले संस्थापक सेयरधनीबाट हाल कायम चुक्ता पूँजीको शतप्रतिशत बराबरको सेयर पूँजी पुनः थप गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।
हाल कम्पनीको हाल चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । संस्थापकहरुबट थप शतप्रतिशत रकम संकलनपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ । सो पश्चात जारी पुँजीको ४९ प्रतिशत सार्वजनिक निष्काशनबाट रकम संकलन गर्ने गरी नियामक निकायबाट तोकेको पुँजी कायम गर्ने तयारी कम्पनीको छ ।
यस्तै पाँचौं वार्षिक साधारण सभामा कम्पनीले सर्वसाधारणलाई आईपीओ जारी गर्ने विशेष प्रस्ताव पेश गर्नेछ । सभाबाट अनुमोदन भएपछि कम्पनीले जारी पुँजीको ४९ प्रतिशत बराबरले हुन आउने रकम बराबरको आईपीओ जारी गर्ने प्रकृया अगाडि बढाउनेछ ।
सभाले आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण पारित गर्ने, आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु उपर छलफल गरी पारित गर्नेछ ।











प्रतिक्रिया