सानिमा इक्वीटी फन्डको प्रतिफल वितरणका लागि बुकक्लोज तय

0
Shares

सानिमा इक्वीटी फन्डले इकाईधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको २२ प्रतिशत लाभांश प्रयोजनका लागि इकाईधनी दर्ता किताब बन्द (बुकक्लोज) मिति तय गरेको छ ।

फन्डले योजनाको आकार १ अर्ब ३० करोड रुपैयाँको २२ प्रतिशतले हुन आउने २८ करोड ६० लाख रुपैयाँ लाभांश वितरण गर्न छुट्याइएको छ ।

फन्डको असोज ९ गते आइतबार बुकक्लोज तोकेको हो । यसअनुसार असोज ७ गते शुक्रबारसम्म नेप्सेमा इकाई कारोबार भई कायम रहेका सेयरधनीले मात्र प्रस्तावित लाभांश हात पार्नेछन् ।

सानिमा इक्वीटी फण्ड नामक योजनाको आर्थिक वर्ष २०७८/७९ सम्मको मुनाफा तथा सञ्चित रकमबाट योजनाका इकाईधनीहरुलाई २२ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ३ आश्विन २०७९, सोमबार  १० : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।