अघिल्लो दिनको तुलनामा मंगलबार सुनचाँदीको भाउ बढेको छ ।
सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो । चाँदी पनि यस दिन पाँच रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आजका लागि छापावाला सुनको भाउ प्रतितोला ९१ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ पुगेको छ ।
मंगलबार सुनसँगै चाँदीको मूल्यमा पनि बढोत्तरी भएको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार १८० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन, चाँदी तोलामा १० रुपैयाँले घटेको थियो । सो दिन चाँदी प्रतितोला एक हजार १७५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया