स्थानीय बजारमा बुधबार सुनको मूल्य ५०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रूपैयाँ तथा तेजावी सुन ९० हजार ८०० रुपैयाँ तोकिएको छ ।
अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन तोलाको ९१ हजार ८०० रुपैयाँ र ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । बुधबार चाँदी तोलाको १ हजार १७० रूपैयाँ तोकिएको छ । अघिल्लो दिन मंगलबार चाँदी १ हजार १८० रूपैयाँमा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा पनि आज सुनको मूल्य घटेको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १६७१ डलर तथा चाँदी प्रतिऔंस १९३८ डलर हाराहारीमा कारोबार भैरहेका छ ।
त्यसैगरी आज डलरको मूल्य पनि घटेको छ । आज एक अमेरिकी डलरको विक्रीदर १२७ रूपैयाँ ९१ पैसा कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको बिक्रीदर १२७ रूपैयाँ ९४ पैसा थियो ।
अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा महासङ्घले स्थानीय बजारमा दैनिक (आइतबारदेखि शुक्रबारसम्म) कारोबार हुने सुनचाँदीको मूल्य तोक्ने गरेको छ ।










प्रतिक्रिया