नेपाली अटोमोबाइल व्यवसायीहरुको छाता संगठन “नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल” को आयोजनामा नेपालमा नै पहिलो पटक इलेक्ट्रिक गाडी तथा टू –ह्विलर “नाडा इभि एक्स्पो” यहि आश्विन ६ गते देखि ९ गतेसम्म भृकुटीमण्डप प्रदशनी हलमा आयोजना हुन गइरहेको छ ।
उक्त “नाडा इभि एक्स्पो” चलिरहेको समयमा नै आश्विन ७ गते देखि ९ गतेसम्म प्रत्येक दिन दिउसो २ बजे देखि ४ बजे सम्म अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) को सहकार्यमा नाडा चौतारी सेमिनार पनि सञ्ंचालन हुने भएको छ।
तीन दिनसम्म चल्ने सेमिनारमा विभिन्न क्षेत्रका इलेक्ट्रिक भेइकल सम्बन्धी चासो राख्ने विज्ञहरुको सहभागिता रहने छ ।
इभि चौतारीको पहिलो दिन असोज ७ गते ‘इभि टेक्नोलोजी एण्ड इकोसिस्टम’ को बारेमा छलफल हुनेछ भने दोस्रो दिन ८ गते ‘फाइनान्सियल आस्पेक्ट अफ इभि’ को बारेमा विभिन्न विज्ञहरु ले आ–आफ्नो धारणा राख्नु हुनेछ र अन्तिम दिन ९ गते ‘ पोलिसिज फर प्रमोटिङ्ग इभिज’ विषयमा छलफल हुनेछ ।
यस कार्यक्रमले नेपालमा इलेक्ट्रिक गाडीहरुको पोलिसी तहमा कार्य गर्ने नीति नियमहरु देखी लिएर यसका प्रयोगकर्ताहरु, वातावरणविदहरु तथा इलेक्ट्रिक टेक्नोलोजी र नेपालमा यसको उपयोग सम्बन्धमा चासो राख्ने सबैलाई एक स्थानमा जम्मा गरि ज्ञान बाड्ने चौतारी हुनेछ ।
कार्यक्रममा उपस्थितिको लागि नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले सबैलाई सहभागिताको लागि अनुरोध गरेको छ ।











प्रतिक्रिया