घाम पावर नेपालले भदौ ३१ गते शुक्रबार एक दिने कार्यक्रम डिजी कृषि सफलतापूर्व सम्पन्न गरेको छ ।
नेपालमा समुन्नत कृषिको लागि सबै सरोकारवाला संस्थाबीच प्रतिस्प्रधात्मक नभई समन्वयकारी भूमिका खेली कृषि विकासको लागि डिजिटलीकरणको अहम भूमिका रहने निष्कर्ष निकालेको छ । कार्यक्रमलाई वक्ताको प्रस्तुीकरण र प्यानल छलफल गरेर दुई भागमा विभाजन गरिएका थियो ।
पहिलो चरणमा घाम पावर नेपालका कृषि विश्लेषक किरण तिमिल्सिनाले नेपालमा वर्तमान कृषिको अवस्था, कृषिमा भैरहेको डिजटलिकरण, नीतिगत कुराहरू कोट्याउँदै, घाम पावरले कृषिको डिजिटलिकरणमा गरिरहेका काम र भोग्नु परेको चुनौतीहरूको बारेमा चर्चा गरेका थिए । साथै घाम पावर नेपालले विकास गरेको विविध कृषि सेवाहरू लिइरहेका श्रीमती सविना मानन्धर र अमर थिङ्ग घाम पावरको कृषि प्रविधि अंगालेपछिका अनुभवहरू सम्पूर्ण सहभागीहरूमा साटेका गरेका थिए ।
कार्यक्रमको दोश्रो चरणमा ५ जना विभिन्न क्षेत्रबाट विशिष्ट वक्ताहरू बीच प्यानल छलफल कार्यक्रम गरिएको थियो । प्यानल छलफलमा मोडरेसन घाम पावर नेपालमा कृषि अधिकृत हार्दिक सापकोटाले गरेका थिए । प्यानल छलफलको क्रममा फरवार्ड लघुवित्त संस्थाका कर्जा विभाग प्रमुख श्रीमती हिरा थन्दारले कर्जा लगानी बाहेक पनि किसानसँग नजिकै काम गरिरहेको बताइन् । किसानले हाम्रो लघुवित्तबाट कृषि प्रयोजनको कर्जा लिँदा एक महिना मै कर्जा तिर्नु नपर्ने र उत्पादन भएर बजारमा बेचेपछि कर्जा तिर्न सकिने बताइन् ।
कृषि तथा पशु विज्ञान अध्यन संस्थान अनुसन्धान र प्रकाशन निर्देशनालयका प्रमुख श्रीमती हुमा न्यौपानेले स्नातक र स्नातोकत्तरमा डिजिटल कृषि सम्बन्धित पाठ्यक्रमहरू निर्माण गरी छिटो भन्दा छिटो लागू गरिने बताइन् । तेश्रो प्यानल वक्ता स्मार्ट कृषि र कृषि बजार डट कमका प्रबन्ध अनिल रेग्मीले निजी, सरकारी र गैर सरकारी संस्थाहरूमा समन्वय भन्दा पनि प्रतिस्पर्धात्मक प्रवृत्ति हाबी भएको कुरा छलफलमा राखेका थिए ।
इन्टरनेशन फटिलाइजर डेभलपमेन्ट सेन्टर (आईएफडिसी) का बरिष्ठ माटो वैज्ञानिक डा. यम नाथ गैरेले नेपालले निर्माण गरेको डिजिटल माटो नक्सा र यो नक्साको प्रयोगका बारेमा वृस्तृत रूपमा चर्चा गरेका थिए । यस्तै अन्तिम प्यानल वक्ताको नेपाल सरकार कृषि तथा पशु विकस मन्त्रालिका जियोग्राफिक इन्फरमेसन सेन्टर र आईटी शाखाका प्रमुख शिव नन्नद शाहले नेपाल सरकारले कृषिलाइ डिजिटलिकरण गर्दै आएको बताए ।
कार्यक्रमकै दौरानमा एउटा छुट्टै स्टल राखेर घाम पावर नेपालले विकास गरेको घाम पावर कृषि मिटर लगायत अन्य सेन्सरहरू र सुपर कृषक एपको प्रत्यक्ष प्रदर्शन पनि गरिएको थियो ।
प्यानल छलफल सकिएपछि प्यानल वक्ता र अन्य वक्तालाइ घाम पावर नेपालका कृषि शाखा प्रमुख आवर्त पाण्डेले मायाको चिनो प्रदान गरे । घाम पावर नेपालका कृषि सेवा प्रमुख आवर्त पाण्डेले कार्यक्रमको औचित्य र उद्देश्यबारे प्रकाश पारेका थिए । उक्त कार्यक्रममा निजी संस्था, सरकारी तथा गैह्र सरकारी संघ संस्था, विश्वविद्यालयबाट प्रतिनिधीहरू, कृषि र प्राविधक विद्यार्थी र साथ साथै विभिन्न मिडिया तथा पत्रकारहरू गरी ८५ जना भन्दा बढिको सहभागीता रहेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया