फोरफ्रन्ट इन्जिनियरिङ र हंगेरियन डिजाइन सफ्टवेयरकम्पनी ग्राफिसफ्टबीच साझेदारी

0
Shares

फोरफ्रन्ट ईन्जिनियरिङ र हंगेरियन डिजाइन सफ्टवेयर ग्राफिसफ्ट कम्पनीबीच साझेदारी भएको छ ।

फोरफ्रन्ट ईन्जिनियरिङ नेपालको एक अग्रणी डिजिटल आर्किटेक्चरल, ईन्जिनियरिङ्ग कम्पनीले आर्किक्याड, ग्राफिसफ्ट विमएक्स्, विमक्लाउड जस्ता विभिन्न सफ्टवेयर उत्पादनहरूको वितरणको लागि हंगेरियन डिजाइन सफ्टवेयर ग्राफिसफ्ट कम्पनीसँग आधिकारिक विक्रेताको लागि सम्झौता गरेको हो ।

निर्माण क्षेत्रका सेवा प्रदायक यस संस्थाले जारी गरेको विज्ञप्तीमा उल्लेख भए अनुसार कम्पनीसँग गरिएको यस किसिमका सफ्टवेयरले विम मोडेलहरू, ईन्जीनियरिङ्ग नक्शा वनाउन प्रभावकारी तथा भरपर्दो हुनेछ । नविन प्रविधिको प्रयोगले नेपाली निर्माण क्षेत्रमा देखिएका त्रुटी, लागत वृद्धि, ढिलाई, भेरिएशन, लागत अनुमानको वृद्धिलाई न्यूनिकरण गर्नेछ भने नेपालमा वास्तुकला, ईन्जिनियरिङ् र निर्माण क्षेत्रमा कार्य गर्ने सबै सरोकारवालाहरूलाई फाइदा पु¥याउने उल्लेख गरिएको छ । चालिस वर्ष भन्दा वढि विश्वका विकसित देशहरुमा यसको प्रयोगले ठूला संरचनाहरु निर्माण भइसकेको उदाहरणहरुहरु रहेको विज्ञप्तीमा उल्लेख छ ।

नेपाली इन्जिनियरिङका विद्यार्थीहरूका लागि एजुकेशन भर्सनको सफ्टवयर प्रयोग निःशुल्क गर्न पाउनेछन् । विद्यार्थीहरुले सजिलै myarchicad.graphisoft.com मा आफ्नो कम्प्युटरमा डाउनलोड गर्न सक्नेछन् । आर्किक्याड सफ्टवेयर सजिलै सिक्नको लागि learn.graphisoft.com मा लगइन गरेर पनि सिक्न सकिन्छ ।

फोरफ्रन्ट इन्जिनियरिङ्का प्रवन्ध निर्देशक महेश कार्कीका अनुसार फोरफ्रन्ट इन्जिनियरिङ् कम्पनीले निर्माण क्षेत्रमा नविन प्रविधिको प्रयोगगरि डिजिटल मोडल, विम मोडल तथा अन्य प्राविधिक सेवाहरू, परियोजनाहरूको डिजाइन, निर्माण जस्ता सेवा प्रदान गर्दै आएको छ ।

ग्राफिशफ्टको बारेमा

ग्राफिशफ्ट सफ्ट्वेयर बनाउने कम्पनी विश्वको डिजिटल इन्जिनियरिङ्गको समस्याको खोज अनुसन्धान मार्फत समस्याको समाधान दिने संस्था हो । आर्किक्याड आर्किटेक्टहरुको विम सफ्टवेयर हो, यसले कुनै पनि आकारको वास्तुकला र एकीकृत वास्तुकला र ईन्जिनियरिङ् अभ्यासहरूको लागि पूर्ण सुरू–देखि–अन्त कार्यलाई सहज गर्दछ । विमएक्स सबैभन्दा लोकप्रिय मोबाइल र वेब बिम एप, भवन डिजाइन, डेलिभरी, र सञ्चालन जीवनचक्रमा सबै सरोकारवालाहरूलाई समावेश गर्न विम प्रयोग विस्तार गर्दछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ आश्विन २०७९, शुक्रबार  ०९ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।