रु रु जलविद्युतले लाभांश प्रस्ताव सहित बोलायो साधारण सभा

0
Shares

रु रु जलविद्युतले लाभांश प्रस्तावसहित बार्षिक साधारण सभा आह्वान गरेको छ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट १०% बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश प्रस्ताव पारित गर्न यसले कार्तिक ४ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा बानेश्वर ब्याङ्केट, थापा गाउँ, नयाँ बानेश्वरमा दिउँसो १ बजेबाट सुरु हुनेछ ।

साधारण सभाले लाभांश लगायत कम्पनीको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफलका साथै आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा छ।

कम्पनीले सभा प्रयोजनका लागि असोज २७ गते बुक क्लोज गर्दैछ । तसर्थ, असोज २६ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन।

कम्पनीले आव २०७७/७८ को नाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५६३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ आश्विन २०७९, आइतबार  ०७ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।