नाडा ईभी एक्स्पोमा टाटा मोटर्सका विद्युतीय गाडीमा अवलोकनकर्ताको ध्यान

0
Shares

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंगले नाडा ईभी एक्सपोमा आफ्ना नयाँ तथा अत्याधुनिक विद्युतीय गाडीहरु प्रदर्शनीमा राखेको छ ।

जसमा टिगोर ईभी, नेक्सन ईभी डार्क तथा नाडा ईभी एक्स्पोमा नै सार्वजनिक गरिएको नेक्सन ईभी प्राईम रहेका छन ।

पहिलो दिन नाडा ईभी एक्स्पोको उद्घाटन संगै नेक्सन ईभी प्राईम सार्वजनिक गरिएको थियो जसमा अवलोकन गर्न आएका ग्राहकहरुको एकदम उत्साहजनक प्रतिक्रिया दिएको कम्पनीले जनाएको छ ।

“न्यु फरेभेर“ को अवधारणा अनुरुप निर्माण गरिएको यो गाडीमा मल्टी–मोड रिजेन, रिजेनमा स्वचालित ब्रेक ल्याम्प एक्टिभेसन, क्रुज कन्ट्रोल, टायर प्रेसर मनिटरिंग सिस्टम र ११० सेकेन्डको चार्जिंग टाइम आउट जस्ता समुन्नत विशेषताहरु छन् ।

“हामीले ईभी हेर्न आउनु हुने ग्राहकहरुमा गाडीको प्रविधि र बिक्रि पश्च्यातका सेवा सुविधा बारे बुझ्न आउनुहुने भेट्यौं जहाँ गाडीको बारे उहाँहरु आफै जानकार हुनुहुन्थ्यो। गाडीको मूल्य भन्दा पनि चार्जिंग एप, चार्जिंग स्टेसन, चार्जर, र सर्भिसिंगको जिज्ञासा राख्नेहरुको जमात निकै भेटियो।“, सिप्रदीका कर्मचारी भन्छन ।

बिहिबार शुरु गरिएको ईभी एक्स्पो चार दिन सम्म चल्ने हुँदा हरेक वर्ग तथा उमेरका ग्राहकहरुको सहभागिता भेटियो। काठमाडौँस्थित भृकुटीमण्डपको प्रदर्शनी हलमा राखिएका विभिन्न ब्राण्डका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे लगायत अटो पार्ट्सका स्टलहरु पनि राखिएका छन् ।

“त्यसैगरि ईभी मै स्पेयर टायर का साथ् मा चार्जिंग बक्स र चार्जिंग किट टाटा मोटर्सको तर्फबाट मात्रै भेटें मैले त। गाडी त निकै बलियो र राम्रो छ, चाडैं घर लैजान पाएको भए अझै रमाइलो हुने थियो। “, नाडा ईभी एक्स्पो बीच भेटिएका अवलोकनकर्ताको भनाई थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ आश्विन २०७९, आइतबार  १२ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।