सेयर कारोबार आज बन्द, घटस्थापनाको सार्वजनिक विदा

0
Shares

सेयर बजार आज असोज १० गते सोमबार बन्द रहने छ ।

सरकारले नेपालीहरुको महान् पर्व बडा दशैंको पहिलो दिन घटस्थापनाको अवसरमा सार्वजनिक विदा दिएकाले आज बजार बन्द भएको हो । नेप्से अब मंगलबार बिहान साढे दश बजे प्रि ओपनिङ्ग सेसनमा र नियमित समयमा ११ बजेदेखि खुल्नेछ ।

नेप्से सूचक घट्ने क्रमले आइतबार पनि निरन्तरता पाएको छ । बैंकिङ प्रणालीमा तरलता तथा कर्जा लगानी योग्य रकमको अभावपछि मुद्दती निक्षेपमा १५ प्रतिशतसम्म बढेको ब्याजदरको असरले सेयर बजार थप नकारात्मक भएको हो ।

नेप्से परिसूचक आइतबार करिब २४ अंकले घटेको छ । आइतबार कारोबार सुरु हुँदा १८३८.९६ अंकमा रहेको नेप्से सूचक २३.८३ अङ्कले घटेर १८१५.१३ मा झरेको छ । आइतबार नेप्सेमा २२८ कम्पनीको एक अर्ब ७ करोड रुपैयाँ बराबरका ४० लाख १४ हजार कित्ता सेयर खरिद बिक्री भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: १० आश्विन २०७९, सोमबार  १० : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।