
कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक बराबर हैसियतमा एक आपसमा मर्जरमा जाने भएका छन ।
दुई बैंकबीच सोमबार मर्जर सम्बन्धि सम्झौतमा हस्तार भएको हो । कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवाली र एनसीसी बैंकका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोलाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन।
प्रारम्भिक सम्झौता अनुसार दुई बैंक एक बराबर एक अनुपातमा मर्जरमा जाने भएका हुन ।
हाल कुमारी बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड ११ लाख रुपैयाँ छ । एनसीसी बैंकको चुक्ता पूँजी ११ अर्ब १३ करोड ९६ लाख रुपैयाँ छ । दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुनेछ।
मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल हुने छन्। कुमारीका रामचन्द्र खनाल वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत हुने छन्। मर्जरपछि बैंकको नाम कुमारी बैंक हुने छ।
चालु आर्थिक वर्षको पुससम्म मर्जरमा गई एकीकृत कारोबार गर्ने बैंकहरुले थप एक वर्षको सहुलियत पाउने छन । नेपाल राष्ट्र बैंकले मर्जर भई एकीकृत कारोबार गर्ने अवधि गत असारसम्म रहेकोमा थप गरी २०७९ पुस मसान्तसम्म कायम गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया