सोनापुर मिनरल्स सहित ३ कम्पनीले मागे २ अर्ब ११ करोडको आईपीओ अनुमति

0
Shares

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड सहित कुल तीन कम्पनीले २ अर्ब ११ करोड ७७ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर जारी गर्न अनुमति मागेका छन् ।

धितोपत्र बोर्डका अनुसार सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, मोदी इनर्जी लिमिटेड र मेनछ्याम हाइड्रोपावर लिमिटेडले कुल २ करोड ११ लाख ७७ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएका हुन् ।

बोर्डका अनुसार सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले १ अर्ब २३ करोड मूल्यको प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ अंकित दरका १ करोड २३ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति मागेको छ । कम्पनीले असोज ४ गते मंगलबार बोर्डमा निवेदन दिएको हो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

यस्तै मोदी इनर्जी लिमिटेडले ७२ करोड ५० लाख मूल्यको प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ अंकित दरका ७२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति मागेको छ । कम्पनीले भदौ ३१ गते शुक्रबार बोर्डमा निवेदन दिएको हो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

त्यसैगरी मेनछ्याम हाइड्रोपावर पावर लिमिटेडले १६ करोड २७ लाख ७५ हजार मूल्यको प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ अंकित दरका १६ लाख २७ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

तीनवटै कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि मात्र आईपीओ निष्कासन हुनेछ ।

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले दाङ जिल्लामा सिमेन्ट उत्पादन गर्दै आएको छ । मोदी इनर्जी लिमिटेड भने नेपालका विभिन्न व्यापारिक घरानाहरुको समूहले पर्वत जिल्लामा २० मेगावाट क्षमताको हाइड्रोपावर निर्माण गरिरहेको छ । त्यसैगरी मेनछ्याम हाइड्रोपावर लिमिटेडले संखुवासभा जिल्लामा ४ दशमलव ७२ मेगावाट क्षमताको अपर पिलुवा खोला २ निर्माण गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ११ आश्विन २०७९, मंगलबार  १२ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।