एनएमबी बैंकको बडा दशैंमा बडा डिजिटल धमाका, विभिन्न स्टोर र ब्रान्डसँग सहकार्य

0
Shares

एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई कार्ड र मोबाइल बैंकिङ्ग छुट र क्यासब्याक सुविधा प्रदान गर्न विभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेको जनाएको छ ।

बैंकले यस उत्सवलाई लक्षित गरी २ हजार रुपैयाँसम्म छुट सुविधाहरू प्रदान गरेको जनाएको छ । एनएमबि बैंकले २०७९, आश्विन १० देखि बडा दशैंमा बडा डिजिटल धमाका सुरु गरेको हो जस अन्तर्गत ग्राहकले मोबाइल बैंकिङ्ग र कार्ड प्रयोग गर्दा २००० सम्म पैसा बचत गर्न सक्नेछन् ।

डेबिट कार्डः एनएमबि बैंकको ग्राहकहरु डेबिट कार्ड बाट ई–कमर्शरपोसमा कारोवार गर्दा १०५ वा ३०० रूपैयाँसम्म क्यासब्याक पाइनेछ । क्रेडिट कार्ड स् एनएमबि बैंकको ग्राहकहरु क्रेडिट कार्ड बाट ई–कमर्शरपोसमा कारोबार गर्दा २०५ वा ५०० रूपैयाँसम्मको क्यासब्याक पाउनेछन्।

इ–एनएमबी एपः

एनएमबि बैंकको ग्राहकहरुल इ एनएमबी एपबाट एनटिसी–एनसेल टपअपमा ३५ रुपैयाँ तत्काल क्यासब्याक अफर पाउनेछन् । त्यस्को साथसाथै, इ एनएमबी एपबाट क्यूआर पेमेन्ट गर्दा १०५ वा २०० रूपैयाँसम्मको क्यासब्याक पाउन सकिनेछ ।

एनएमबिका ग्राहकहरूले निम्न छुटहरू, क्यासब्याक सुविधाहरू निम्न व्यापारीक स्थानहरूमा प्राप्त गर्न सक्नेछन् ।

क्र.स.   ब्राण्ड र स्टोर        भुक्तानी विधि     छुट र नगद फिर्ता अफर
इभो स्टोर     एनएमबिका डेबिट/क्रेडिट कार्ड र  फ्ल्याट ने.रु. १,५०० को क्यासब्याक ३ हजार भन्दा बढीको खरिदमा
 सिजी   एनएमबिका डेबिट/क्रेडिट कार्ड र २०% वा ने.रु. १,५०० को क्यासब्याक ३ हजार भन्दा बढीको खरिदमा
 IMS स्मार्ट      २५ हजार भन्दा बढीको खरिदमा
 हिम ईलेक्ट्रोनिक्स  एनएमबिका डेबिट/क्रेडिट कार्ड र फ्ल्याट ने.रु. १,००० को क्यासब्याक २५  हजार भन्दा बढीको खरिदमा
योयोसो  एनएमबिका डेबिट/क्रेडिट कार्ड र  eNMB १५% वा ५०० रूपैयाँ क्यासब्याक
ग्यापु (अनलाईन) एनएमबिका डेबिट/क्रेडिट कार्ड  १०% वा ने.रु. १,००० क्यासब्याक
सस्तोडिल (अनलाईन)  एनएमबिका डेबिट/क्रेडिट कार्ड  २०% वा ने.रु. २,००० क्यासब्याक

एनएमबि बैंकको हाल देशभर २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १२ आश्विन २०७९, बुधबार  ११ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।