नबिल इन्भेष्टमेण्ट बैकिगं लिमिटेडले धितोपत्र व्यापारी तथा धितोपत्र बजार तथा वस्तु विनिमय बजार सञ्चालनको अनुमति प्राप्त गर्न चाहाने संङ्गठित संस्थालाई धितोपत्र बोर्डमा निवेदन दिनु पूर्व आवश्यक पर्ने सम्पूर्ण कागजातहरू तयार पार्न परामर्श सेवा प्रदान गर्ने भएको छ ।

कम्पनीले नयाँ स्टक एक्सचेञ्ज तथा ब्रोकर संचालनको अनुमति लिनका लागि आवश्यक पर्ने कम्पनीको व्यवसायिक योजना, सम्भाव्यता अध्ययन प्रतिवेदन आदी तयारीका लागि नबिल इन्भेष्टमेण्ट बैकिगंले पूर्ण सहयोग गर्ने जनाएको छ ।
आफ्नो संस्थागत परापर्श सेवा अन्तर्गत सञ्चालन गर्ने धितोपत्र व्यवसायको किसिम अनुसारको सम्भाव्यता अध्ययन प्रतिवेदन, प्रक्षेपित वित्तीय विवरण, व्यवसायिक योजना, कार्य प्रणाली सम्बन्धि विवरण, जनशक्ति व्यवस्थापन निर्देशिका सहितका अन्य आवश्यक कागजातहरू तयार गरिदिने व्यवस्था रहेको कम्पनीले जनाएको छ।
यसका लागि सो सेवा लिन चाहने व्यक्ति तथा संस्थाहरूले यस नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडको संस्थागत परामर्श सेवा विभागमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।
नेपाल धितोपत्र बोर्डले गत असोज २ मो धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्ने सिफारिसका लागि आवेदन खुला गरेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया