गुराँस लाइफको साधारण सभा, लाभांश र मर्जर प्रस्ताव अनुमोदन गर्दै

0
Shares

गुराँस लाइफ इन्स्योरेन्सले कार्तिक ४ गते बाह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको प्रधान कार्यलयमा बिहान ११ बजे सभा बोलाइएको छ ।

मर्जर प्रस्ताव अनुमोदन र लाभांश वितरण गर्ने मुख्य प्रस्ताव राखेर इन्स्योरेन्सले भर्चुअल माध्यबाट सभा बोलाएको छ ।

गुराँस लाइफ र अन्य दुई जीवन बीमा कम्पनीहरु युनियन लाइफ र प्राइम लाइफ इन्स्योरेन्स मर्जर प्रकृयामा रहेका छन् । सभाले कम्पनीलाई मर्जरमा जान स्वीकृति प्रदान गर्ने तथा मर्जर सम्बन्धमा सञ्चालक समितिले गरेका अन्य निर्णयहरु अनुमोदन गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

यस्तै गत आवको नाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको ७.४४२५ प्रतिशत बोनश सेयर र बोनसको कर प्रयोजनको लागि ०.३९१७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि असोज २६ गते बुधबार सेयरधनी किताब बन्द गर्ने भएको छ । बुकक्लोज अनुसार असोज २५ गते मंगलरबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्र लाभांश र साधारण सभामा प्रतिनिधित्व गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १३ आश्विन २०७९, बिहिबार  ११ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।