मञ्जुश्री फाइनान्स लिमिटेडले ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नम्बर ५ कुमारीपाटीमा आफ्नो २७ औं शाखा उद्घाटन गरेको छ ।
मञ्जुश्री फाइनान्स लिमिटेडको संस्थापक अध्यक्ष तथा नेपाल सरकारको पूर्व मुख्य सचिव एवं नेपालको तर्फबाट अमेरिकाको लागि राजदुत दामोदर प्रसाद गौतम तथा फाइनान्सका अध्यक्ष श्रीमती इन्दिरा पण्डित घिमिरेद्धारा संयुक्त रुपमा एक समारोहका बीच उक्त शाखा कार्यालयको उद्घाटन भएको हो ।
२०७९ साल भाद्र मसान्तसम्म १ अर्ब ३५ करोड चुक्ता पुँजी एवं ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको फाइनान्सले ११.५२ अर्ब निक्षेप संकलन गरि १०.८८ अर्ब कर्जा परिचालन गरेको प्रमुख कार्यकारी अधिकृत नारायण सुवेदीले जानकारी दिए ।
यसका साथै यस फाइनान्सले विप्रेषण, मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग र एटिएम सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिँदै आएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया