विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ

0
Shares

बडा दशैंको दशौं दिन विजया दशमीका दिनदेखि साइत निकालेर हरेक हिन्दु धर्मालम्बीहरुले रातो टिका र जमरा लगाउने चलन छ ।

दशैंमा कसैलाई दक्षिणाको तिर्सना, कसैलाई आशिषको तिर्सना, नयाँ लुगा, जुत्ता अनि नभएका आफन्तको सम्झना र आफन्तजनसँगको भेटघाट । बैद्धिक सनातन धर्म अनुयायीहरूले दशैंको आर्शिवादलाई पौराणीक पात्रहरु र तिनको महारथसँग जोडेका छन् । दशमी तिथि अर्थात् विजया दशमीको दशौं दिन अनि यसै दिनमा पर्ने यो दिन दशमी र दशहराबाट आएको शब्द हो ।

दशहराको अर्थ हो दशानन रावणको पराजय (दशानन अर्थात् दश मुख) । दशमीका दिन दुर्गा भवानीले महिसासुर नामक अशुरको वध गरेको भनेर पनि पौराणीक किताबहरुमा उल्लेख गरिएको छ ।

यी टिका, जमरा अनि रमाइलोको माहोल दैत्यहरुमाथी देवताहरुको विजय, असत्यमाथी सत्यको विजय अनि अमानविय तत्वमाथी मानवताको विजयका रुपमा लिइन्छ ।

टिका लगाउँदा महिला र पुरुषलाई भिन्न भिन्न आर्शीवाद दिने गरिन्छ । वैदिक सनातन धर्मका मन्त्रहरु नेपालीमा या अन्य भाषमा त्यति छैनन् । अनेक देवी देवतालाई पूकार गर्दा संस्कृत भाषामैं भएका अनेक अर्थयूक्त मन्त्रहरु उच्चारण गर्ने गरिन्छ ।

दशमीका दिन नेपालका घरघरमा रातो टिका, जमरा अनि यी मन्त्रहरु शब्दोचारीत हुने गरेका छन् । जुन मन्त्र र तिनको अर्थ हामीले प्रस्तुत गरेका छौँ ।

पुरुषहरुका लागि

आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायण ।।

अर्थात् द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होस्, अयोध्याका राजा दशरथको जस्तो श्री होस्, दशरथका छोरा रामको जस्तो शत्रु नाश होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस्, भीष्मको जस्तो शुरता होस्, बलरामको जस्तो बल होस्, कुन्तीका छोरा कर्णको जस्तो दानशीलता होस्, विदुरको जस्तो ज्ञान विज्ञान होस्, नारायणको जस्तो कीर्ति होस् भनी आशीर्वाद दिने गरिन्छ ।

यो मन्त्र विशेषगरी पुरुषलाई टीका लगाउँदा आशीर्वाद दिन भनिन्छ । महिलालाई भने दुर्गा देवीको स्वरूप मानेर निम्न लिखित मन्त्रले आशीर्वाद दिइन्छ ।

महिलाको लागि

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ॥
जयत्वं देवी चामुण्डे जय भूतार्तिहारिणि ।
जय सर्वगते देवि कालरात्रि नमोऽस्तु ते ॥
यस मन्त्रलाई आरोग्य मन्त्र पनि भनिन्छ ।
मंगलगुण कि देवी अनि सदासर्वदा विजयी जयन्तीप्रति हार्दीक नमन ।

जिवन र मृत्युकी नियन्त्रक काली माता जो समयको परिधी बाहीर छिन्, उनी प्रति नमन र मानव खप्परको माला लगाएकी कपालिनी प्रति हार्दीक नमन दुर्गतीको नाश गर्ने दुर्गा प्रति नमन अनि एकाकार र सर्बशक्तिमान शिव प्रति नमन । क्षमा की देवी क्षमा प्रति नमन, र सबै जीवकी दाती धातृ प्रति नमन, हरेक यज्ञ र दानपुण्य कि देवी स्वाहा प्रति नमन, मानवका हरेक यज्ञ दानपुण्य कि संक्ल्प देवी स्वधाप्रति
नमन । सबैजना देवीलाई हार्दीक नमन

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ आश्विन २०७९, बुधबार  ०६ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।