
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवार मनोनयनपत्र दर्ता प्रक्रिया सुरु भएको छ ।
प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि मुलुकका विभिन्न स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरूले मनोनयनपत्र दर्ता गर्न सुरु गरेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
प्रत्यक्षतर्फ देशभरिका १६५ प्रतिनिधिसभा र ३३० प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको हो । उम्मेदवारी दर्ता अहिले बिहान १० बजे सुरु भई अपराह्न ५ बजेसम्म सञ्चालन हुनेछ । मनोनयनपत्र दर्ता उम्मेदवार स्वयम उपस्थित भई वा प्रतिनिधि मार्फत गर्न पाइने व्यवस्था गरिएको आयोगले जनाएको छ ।
थप समाचारहरू:-
प्रत्यक्षतर्फको प्रतिनिधिसभा १६५ र प्रदेशसभाको ३३० निर्वाचन क्षेत्रमा मनोनयनपत्र दर्ता हुँदै
के तपाईं उम्मेदवार बन्दै हुनुहुन्छ, योग्यताबारे थाहा पाउनुस्
निर्वाचनका लागि असोज २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता, यी हुन् आवश्यक पर्ने कागजात
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया