सुनको भाउ एकैदिन ३ हजारले बढ्यो, चाँदी ८५ रूपैयाँले महङ्गियो

0
Shares

सुनको भाउ असोज २३ गते आइतबार एकैदिन तोलामा ३ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ पनि यसदिन ८५ रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आइबार छापावाल सुनको भाउ प्रतितोला ९६ हजार रुपैयाँ र तेजावी सुनको भाउ ९५ हजार ५०० रुपैयाँ तोकिएको छ । यस्तै आज चाँदी आइतबार ८५ रुपैयाँले बढेर प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भैरहेको छ ।

दशैंअघि असोज १४ गते शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार रुपैयाँ तथा तेजावी सुनको भाउ ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । उक्त दिन चाँदी १ हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।

बडा दसैं विदाका कारण असोज १४ गते सुनको भाउ निर्धारण भएपछि ८ दिन अर्थात असोज २२ गतेसम्म सुनको भाउ तोकिएको थिएन । असोज २३ गतेदेखि पुनः संघले भाउ निर्धारण गरेको हो । यसबीचमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेको तर नेपालमा दैनिक भाउ नतोकिएका कारण आज एकैदिन उच्च मूल्यको वृद्धि देखिएको हो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १६९५ डलर तथा चाँदी प्रतिऔंस २०.१३ डलर हाराहारीमा कारोबार भैरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको आधारमा महासङ्घले स्थानीय बजारमा दैनिक (आइतबारदेखि शुक्रबारसम्म) कारोबार हुने सुनचाँदीको मूल्य तोक्ने गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ आश्विन २०७९, आइतबार  १२ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।