युनिलिभरको सेयरधनीलाई आग्रहः कागजी प्रमाणपत्र डिम्याट र बैंक खाता अद्यावधिक गर्नु

0
Shares

युनिलिभर नेपाल लिमिटेडले नगद लाभांश वितरण प्रयोजनका लागि भन्दै सेयरधनीलाई कागनी सेयर प्रमाणपत्र भए डिम्याट गराउन र हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न भनेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट प्रतिसेयर ६५० रुपैयाँका दरले नगद लाभांश वितरण गरेको थियो । सो नगद लाभांश कम्पनीले अघिल्लो वर्ष नै वितरण गरिसकेको छ । आव २०७८-७९ बाट प्रस्ताव हुने नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा नै वितरण गर्ने प्रयोजनका लागि कम्पनीले डिम्याट नगरेका सेयरधनीलाई कागजी सेयर डिम्याट गर्न र बैंक खाता अद्यावधिक गर्न भनेको हो ।

सेयरधनीले हितग्राही खातामा उल्लेख गरेको बैंक खातामा सिधै लाभांश भुक्तानी हुने कम्पनीले जनाएको छ । भौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरुको लाभांश डिम्याट गरी बैंक खाता अद्यावधिक गराएपछि मात्र वितरण हुनेछ ।

लगानीकर्ताले आफूले खाता खोलेको कुनै पनि बैंक तथा वित्तीय संस्था वा अन्य कुनै पनि निक्षेप सदस्यमार्फत डिम्याट खाता खोल्न सक्नेछन् । त्यसपछि मात्र सम्बन्धित सेयरधनीको डिम्याट खातामा नगद लाभांश जम्मा हुनेछ ।

सेयर रजिष्ट्रार सनराइज क्यापिटलको इमेल ठेगानामा प्यान नम्बर, मोबाइज नम्बर तथा सेयरधनीको इमेल आइडी समेत उपलब्ध गराउन सूचीकत गरिएको छ ।

युनिलिभर नेपाल लिमिटेड नेप्सेमा सूचीकृत बहुराष्ट्रिय सौन्दर्यमुलक समाग्रीहरुको उत्पादन गर्ने कम्पनी हो । कम्पनीले हरेकवर्ष लगानीकर्तालाई आकर्षिक लाभांश वितरण गर्दै आएको छ ।

यस्तो छ कम्पनीको लाभांश इतिहासः–

S.N. Cash Dividend(%) Fiscal Year
1 650.00 2077/2078
2 100.00 2076/2077
3 770.00 2075/2076
4 700.00 2074/2075
5 1270.00 2073/2074
6 1020.00 2072/2073
7 990.00 2071/2072
8 860.00 2070/2071
9 760.00 2069/2070
10 680.00 2068/2069
11 590.00 2066/2067

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ आश्विन २०७९, मंगलबार  १२ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।