सेयर बजार घट्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ । सोमबार २७.१७ अंकले घटेको बजारलाई निरन्तरता दिँदै मंगलबार १६.०६ अंकले बजार घटेको हो । मंगलबारको गिरावटसँगै नेप्से १८५५.१६ बिन्दुमा झरेको छ ।
बजार दोस्रो दिन पनि घटेपछि मंगलबार कारोबार रकम ५५ करोड २८ लाख ९ हजार ९८५ रुपैयाँ बराबरको १७ लाख ६८ हजार ६९२ कित्ता सेयर कारोबार भएको छ । हिजो सोमबार २३३ कम्पनीको ३१ लाख ५५ हजार ६९५ कित्ता सेयर ९७ करोड १७ लाख ६७ हजार ७१४ रुपैयाँ बराबरको कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा कारोबार रकम ४२ करोडले कारोबार घटेको हो ।
यसदिन सेन्सेटिभ इण्डेक्स ३.२१ अंक घटेर ३६३.६३ बिन्दुमा झरेको छ ।

पछिल्लो दुई दिनमा नेप्से ४३.२२ अंकले घटेको छ । दशैंपछिको पहिलो कारोबार दिनमा बढेको ४४.६२ अंकको वृद्धि दुई दिनमा नै घटेको हो । यसअघि असोज ११ गते मंगलबारपछि असोज २३ गते आइतबारसम्म चार कारोबार दिनमा नेप्से ८२ अंकले बढेको थियो ।
आज कारोबार रकमका आधारमा नबिल बैंक सर्वाधिक माथि रहेको छ । मंगलबार ५५ करोडमाथिको कारोबार हुँदा शीर्ष स्थानमा रहेको नबिल बैंकको आज सर्वाधिक ३ करोड १० लाख ९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसैगरी नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ४३ लाख, हिमालयन पावर पार्टनर २ करोड १९ लाख र रिडी हाइड्रोपावरको २ करोड ७ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ । नेपाल टेलिकमको १ करोड ९२ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
नेप्से ओरालो लागेपनि आज समीट र अभियान लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा बढेर कारोबार भएको छ । यस दिन समीट लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ८४.५० रुपैयाँले बढेर ९२९.५० रुपैयाँ पुगेको छ भने अभियान लघुवित्तको ५०.१० रुपैयाँ बढेर ५५२ रुपैयाँ पुगेको छ ।
त्यस्तै यस दिन सिटिजन्स म्युचुअल फण्ड १ को इकाईमूल्य ८.५२ प्रतिशत, रुरु जलविद्युत परियोजना ७.८४ प्रतिशत, श्वेतगंगा हाइड्रोपावर ४.०४ र गुराँस लघुवित्तको सेयरमूल्य ४.०२ प्रतिशतले बढेको छ । त्यस्तै सिभिल बैंकको डिभेञ्चर ८८, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २, एनआईसी एशियाको फ्लेक्सी क्याप फण्ड, राप्ती हाईड्रोको सयरमूल्यमा पनि सुधार देखिएको छ ।
उता बिन्ध्यबासिनी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ७.१८ प्रतिशत घटेर ३४१.५० रुपैयाँमा झरेको छ । सिंगटी हाइड्रोपावर ४.२६, नेरुडे लघुवित्त ३.८३, सर्पोट लघुवित्त ३.७८ र एभरेष्ट बैंकको डिबेञ्चरको सेयरमूल्य ३.७८ प्रतिशतले घटेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया