एनएमबि क्यापिटलको एजिएम आह्वान, पुँजी वृद्धि र लाभांश अनुमोदन मुख्य एजेण्डा

0
Shares

एनएमबि क्यापिटल लिमिटेडले हकप्रद जारी गरी पुँजी वृद्धि गर्ने र लाभांश अनुमोदनको मुख्य प्रस्ताव सहित कात्तिक १८ गते बाह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

क्यापिटलको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले आरण्य बुटिक होटल, मनकामना मार्ग, हात्तिसार, काठमाडौंमा दिउँसो ४ बजे सभा डाकेको हो ।

सभाले चुक्ता पुँजी २० करोडको १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने तथा सञ्चालक समितिले गत आवको नाफाबाट प्रस्ताव गरेको चुक्ता पुँजीको २१.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

यस्तै सभाले आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि अनुमोदन गर्नेछ ।

सानिमा क्यापिटलको १५.७८९ प्रतिशत लाभांश आज अनुमोदन हुँदै

सानिमा क्यापिटलको आज सम्पन्न हुने सातौं वार्षिक साधारण सभाबाट कम्पनीले प्रस्ताव गरेको १५.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन हुँदैछ ।कम्पनीले कुल ३ करोड ९४ लाख ७३ हजार रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालय, सममार्ग, नक्साल काठमाडौंमा अपरान्ह ४ बजे बोलाइएको छ ।
यस्तै, सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि पेश हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ आश्विन २०७९, बुधबार  १० : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।