नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्तबीच मर्जर सम्झौता

0
Shares

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र समीट लघुवित्त वित्तीय संस्था लिमिटेडबीच एक आपसमा गाभ्ने /गाभिने (मर्जर) सम्झौता भएको छ ।

दुई लघुवित्तबीच असोज २६ गते बुधबार साँझ ५ बजे मर्जर गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

नेशनल माइक्रोफाइनान्सको धादिङ जिल्लाको निलकञ्ठ नगरपालिका वडा नम्बर ३ मा रहेको छ भने समीट लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोक जिल्ला वनेपा नगरपालिका वडा नम्बर १० मा रहेको छ ।

बुधबार एक आपसमा गाभ्ने/गाभिने कार्यका लागि सहमत भई समझदारी पत्रमा हस्ताक्षर भएपछि असोज २७ गते बिहीबारदेखि नै नेप्सेमा दुबै लघुवित्तको सेयर कारोबार रोक्का समेत भएको छ ।

हाल नेशनल माइक्रोफाइनान्सको चुक्ता पुँजी ५८ करोड ६६ लाख ७५ हजार रुपैयाँ रुपैयाँ र समीट माइक्रोफाइनान्सको चुक्ता पुँजी ४९ करोड ४० लाख रुपैयाँ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २७ आश्विन २०७९, बिहिबार  १० : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।