इष्टर्न हाइड्रोपावरको सवा ६ करोडको आईपीओमा आवेदन खुल्यो

0
Shares

इष्टर्न हाइड्रोपावर लिमिटेडको सवा ६ करोड मूल्यको प्रारम्भिक सार्वजनिक निष्कासनमा आज असोज २८ गते शुक्रबारदेखि कात्तिक १ गते मंगलबारसम्म आवेदन गर्न सकिनेछ ।

कम्पनीले असोज २८ गतेदेखि प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख ७० हजार ३१० कित्ता सेयर जारी गरेको हो । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेकोमा अवितरित ५० हजार ३१० कित्ता सहित सो संख्यामा सेयर जारी गरिएको हो ।

आईपीओमा सर्वसाधारणले बाँकी ६ लाख २३ हजार ३८९ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। ५ प्रतिशत अर्थात ३३ हजार ५१५ कित्ता सामुहिकलगानी कोष तथा २ प्रतिशत अर्थात १३ हजार ४०६ कित्ता कर्मचारीलाई छुट्टाइएको छ ।

कम्पनीले यसअघि नै आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरिसकेको छ । सर्वसाधारणका लागि दोस्रो चरणमा सेयर जारी गरिएको हो ।

लगानीकर्ताले मेरो सेयरको मोबाइल एप, मेरो सेयर वेवसाइटका साथै नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। न्यूनतम १० कित्ता देखि अधिकतममा १ लाख कित्तासम्म सेयर भर्न सकिनेछ ।

केयर रेटिङ्ग नेपालले आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा ‘केयर एनपी बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त संस्थामा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २८ आश्विन २०७९, शुक्रबार  ०९ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।