नेपाल ल्यूब आयलको एजिएम आज, के के एजेण्डा हुँदैछन् पारित ?

0
Shares

नेपाल ल्यूब आयलले आज (असोज २८ गते शुक्रबार) याक प्यालेस पुल्चोक, ललितपुरमा लाभांश अनुमोदन सहितका अन्य प्रस्तावहरु पारित गर्न बिहान ११ः३० बजे एजिएम बोलाएको छ ।

नेपाल ल्यूब आयलको सभाले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश दिने प्रस्ताव अनुमोदन गर्नेछ ।

यस्तै कम्पनीले जारी पुँजी ५ करोड रुपैयाँबाट बढाएर १० करोड पुर्‍याउने प्रस्ताव पनि पारित गर्नेछ ।

यस्तै कम्पनीको सभाबाट आर्थिक वर्ष २०७८–७९ को सञ्चालक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९–८० को लेखा परीक्षण गर्नका लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि छलफल गरी पारित हुनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज १४ गतेदखि २८ गतेसम्म बुकक्लोज गरेको थियो । यसअनुसार बुकक्लोजको अघिल्लो दिनसम्म असोज १३ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र लाभांश र साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २८ आश्विन २०७९, शुक्रबार  ०९ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।