सरकारले महँगा गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्धलाई थप दुई महिना निरन्तरता दिने निर्णय गरेको छ।
मन्त्रिपरिषदको असोज २८ गते शुक्रबार बसेको बैठकले आगामी मंसिर मसान्तसम्म महँगा गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्धलाई यथावत राख्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री एंवम सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए।
सरकारले गत वैशाखदेखि विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै विभिन्न १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । तीमध्ये ६ वस्तुमाथिको आयात प्रतिबन्ध गत भदौ १४ गते फुकुवा गरे पनि कार जीप भ्यान, मोबाइल, १५० सिसीभन्दा बढीका मोटरसाइकल र तयारी मदिराको आयातमा लगाइएको प्रतिबन्ध अझै कायमै रहेको थियो ।
विदेशी मुद्राको सञ्चिती बढ्ने अपेक्षा अनुसार बैशाखदेखि आयात प्रतिबन्ध लगाइएको भएपनि विदेशी मुद्राको सञ्चितिमा अझै अपेक्षाकृत सुधार नदेखिएको भन्दै उद्योग मन्त्रालयले मंसिर मसान्तसम्म आयात प्रतिबन्ध कायम राख्न मन्त्रिपरिषदमा सिफारिस गरेको थियो।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया