
विश्व लगानीकर्ता सप्ताह-२०२२ को अवसरमा एनआईबिएल एस क्यापिटलले धितोपत्र बोर्ड तथा मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ्गको सहकार्यमा लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ।
क्यापिटलले यहि असोज २८ गते प्रदेश नं १ को ईलाममा नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण प्रसाद शर्माको प्रमुख आथित्यतामा “धितोपत्र बजार सम्बन्धी लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम“ आयोजना गरेको हो ।
सो कार्यक्रम ईलाम बजार तथा सो क्षेत्र आसपासका आम लगानीकर्ताहरुको उत्साहपूर्ण सहभागिताका बिच सम्पन्न भएको क्यापिटलले जनाएको छ । उक्त कार्यक्रममा नेपालको धितोपत्र बजारका विभिन्न जानकारी मूलक सामाग्रीहरु प्रस्तुत गरीएको थियो ।
सो क्रममा नेपालको धितोपत्र बजारको नियमन निकाय नेपाल धितोपत्र बोर्डको तर्फबाट सहायक निर्देशक हरी प्रसाद भुसाल र एनआईबिएल एस क्यापिटलको तर्फबाट म्युचुअल फण्ड विभाग प्रमुख पोस्कर बस्नेतले प्रशिक्षण दिएका थिए।
साथै स्थानिय लगानीकर्ताहरुका धितोपत्र बजार सम्बन्धी विभिन्न जिज्ञासाहरुको सम्बोधन र विभिन्न आयामहरुको बारेमा समेत छलफल भएको थियो । यसै कार्यक्रममा धितोपत्र बजारको ब्रोकिङ्ग सेवा तथा यस सम्बन्धीत अन्य जिज्ञासाहरुको बारेमा मल्ल एण्ड मल्ल स्टक ब्रोकिङ्ग का प्रबन्ध निर्देशक परमेश्वर भक्त मल्लले सम्बोधन गरेका थिए।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया