
काठमाडौं महानगरपालिकाले महानगरपालिका (कामपा) ले व्यवसाय दर्ता नगरी व्यापार व्यवसाय गरेको पाइए कारबाही गर्ने जनाएको छ ।
महानगर क्षेत्रभित्र दर्ता गरेर मात्रै व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै कामपाले अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी व्यापार व्यवसाय गरेको पाइएमा काठमाडौं महानगरपालिका राजस्व ऐन, २०७५ को दफा ३४ को उपदफा (ग) बमोजिम कारवार्ही गर्ने चेतावनी दिइएको हो ।
दर्ता नगरी सञ्चालित व्यापार व्यवसाय बन्द गरी नियमानुसार जरिबाना समेत असुल गर्नसक्ने अधिकार ऐनले कामपलाई दिएको छ ।
सोही ऐनलाई टेकेर कामपाले ३० दिनभित्र आफ्नो नजिकको बडा कार्यालयमा गई अनिवार्य रूपमा व्यवसाय दर्ता गर्न आग्रह गर्दै सो नगरे कारबाही गर्ने जनाएको हो ।
साथै महानगरपालिकाको आर्थिक ऐन, २०७२ को अनुसची–७ को बंदा नम्बर ३ बमोजिम आर्थिक बर्ष २०७२/७३ लाई आधार वर्षका रूपमा लिई ब्यबसाय कर असुली गरिने ब्यहोरा समेत सार्वजनिक रूपमा जानकारी गराइएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया