सोल्टी होटेल (SHL) ले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीको असोज ३१ गते सोमबार बसेको संचालक समितिको बैठकले चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनको समेत २१.३१५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश होटेलको आगामी साधारण सभाले पारित गरेपछि मात्र लाभांश लगानीकर्तामा वितरण हुनेछ । लाभांश पारित गर्न कम्पनीले पुस २८ गते साधारण सभा आह्वान गर्ने निर्णय समेत गरेको छ ।
साधारण सभा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ७ गतेदेखि पुस २८ गतेसम्म सेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने भएको छ । बुकक्लोज अनुसार पुस ६ गते आइतबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।
हाल होटलको चुक्ता पुँजी ८४ करोड २५ लाख ७९ हजार ७३० रुपैयाँ रहेको छ । ४ करोड २१ लाख २८ हजार ९८६ रुपैयाँ बोनस वितरणपछि होटलको चुक्ता पुँजी ८८ करोड ४७ लाख ८ हजार ७१६ रुपैयाँ पुग्नेछ ।
कोभिड महामारी फैलिएका कारण पर्यटकहरुको आवागमनमा कमी आउँदा अघिल्लो दुई आव २०७७/७८ तथा २०७६/७७ बाट होटलले सेयरधनीलाई कुनैपनि लाभांश वितरण गर्न सकेको थिएन । आव २०७५/७६ बाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र ११.३२ प्रतिशत नगद गरी २६.३२ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्ताे छ हाेटलकाे लाभांश इतिहासः-
| S.N. | Fiscal Year | Bonus Dividend(%) | Cash Dividend(%) | Total Dividend(%) |
| 1 | 2078/2079 | 5.00 | 21.32 | 26.32 |
| 2 | 2075/2076 | 15.00 | 11.32 | 26.32 |
| 3 | 2074/2075 | 10.00 | 16.32 | 26.32 |
| 4 | 2073/2074 | 15.00 | 6.05 | 21.05 |
| 5 | 2072/2073 | 10.00 | 11.05 | 21.05 |
| 6 | 2071/2072 | 25.00 | 6.57 | 31.57 |
| 7 | 2070/2071 | 40.00 | 17.89 | 57.89 |
| 8 | 2069/2070 | 40.00 | 12.63 | 52.63 |
| 9 | 2068/2069 | 20.00 | 32.63 | 52.63 |
| 10 | 2067/2068 | 20.00 | 32.63 | 52.63 |
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया